धर्मगुरूको भेषमा शैतान (लघुकथा)
“दुई धर्मपन्थीहरू बीच विवाद बढाउने होइन त? मैले तपाइँको अर्थ बुझेँ !” धर्मगुरूले राजनेतासँग भन्यो !
“आजभोली तपाइँको भाग्य चम्केको छ र चाहनुहुन्छ कि यी दुई धर्महरू बीच गलतफहमी बढाएर यिनीहरूको ध्यान र शान्ती भङ्ग होस ता कि चुनावको दिनसम्म यिनीहरू तपाइँलाई भुलुन र तपाइँको काम होस् ।”
राजनेताः कुनै पनि चिज चाहियो भने तुरून्त भन्नु । एउटा भिडियो बनाइदिएको छु जसमा तपाइँहरूका मानिसहरू अर्को धर्मपन्थीहरूलाई धम्काउँदै हुनेछन र हाम्रा मानिसहरू पनि अर्को धर्मका मानिसहरूको भेषमा आइलाग्ने माथि जाइलाग्न तयार भएको नारा लगाउनेछन् र यतिले नै वातावरण उग्र रूप लिइहाल्छ ! यी आम जनता भनेकै पिटाई खानका लागि त हुन नि, कहिल्यै देख्नुभाछ ठूला नेताहरू कुनै पनि हुलदंगामा पिटीएको ? हामी त अंग्रेजहरूप्रति आभारी छौँ जसले आफ्नो एक गुण सिकाए कि कसरी दुई समूहलाई एकअर्कासँग लडाएर आफ्नो दुनो सोझो गर्ने ।
धर्मगुरूः (हाँस्दै !) चिन्ता नगर्नुहोला, यी अकालका अन्धाहरू कहिल्यै यति पाका हुँदैनन कि हाम्रो कलाकारिता बुझ्न सकुन । हामी यिनीहरूलाई धर्म र जातीको यस्तो माखेसाङ्ग्लोमा अडकाउँछौँ कि यिनका बाउले पनि बुझ्न सक्दैनन् । यी सामान्य जनताहरू भावनात्मक मूर्खहरू त हुन् ।
अर्को धर्मगुरूः तपाइँ चिन्ता कत्ति नगर्नुहोला । हाम्रा गुण्डाहरू सभ्य मानिसहरूको रूपमा तयार छन् । आगो सल्कन त दिनुस, अनि हेर्नुस कसरी एक एक गर्दै सबै जलेर खरानी हुन्छ ।
राजनेताः हामी लाखौँ खर्च गरेर यहाँसम्म पुगेका छौँ, जबसम्म करोडौँ कमाउँदैनौँ, हामी यो कुर्सी छोडदैनौँ ! हाम्रो बाटोमा जो आउँछ, त्यो हाम्रो मायाजालमा फँस्छ । तपाइँहाम्रो जोडी बडो गज्जबको हुनेछ । तपाइँहरू हामीलाई हेर्नुस, हामी तपाइँहरूलाई हेर्नेछौँ । यस्तो पो जोडी । क्या गज्जबको जोडी ।
सँगै उभीइरहेको अंगरक्षक लवली सिंघ उनिहरूको शैतानी कुरा सुनेर सोच्न लाग्यो कि साँच्चै यीनीहरू मानिस हुन या धर्मगुरूको भेषमा शैतान ?
अनुवादः एकदेव अधिकारी
0 Likes
Leave a Comment